१८८ यात्रुसहित समुन्द्रमा खसेको जहाजका पाइलट भारतीय नागरिक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १२,काठमाडौँ । इन्डोनेसियाको लायन एयरलाइन्सको बोइङ ७३७ जहाज राजधानी जकार्ताबाड उडान भरेलगत्तै समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । जेटी–६१० फ्लाइट नम्बरको त्यो जहाज जकार्ताबाट पंगकल गैरहेको थियो ।

त्यो जहाजका पाइलट भारतीय नागरिक भव्य सुनेजा थिए । दिल्लीको मयुर विहारका सुनेजा सन् २०११ देखि लायन एयरलाइन्समा आबद्ध थिए । उनले सन् २००९ मा बेल एयर इन्टरनेसनलबाट पाइलटको लाइसेन्स लिएका थिए ।

उद्धार कार्यमा खटिरहेका अधिकारीहरुका अनुसार जहाजमा सवार यात्रीहरुको सामानको टुक्राहरु समुन्द्रबाट निकालिएको छ । उनीहरुका अनुसार अझै पनि यात्रुहरुको अवस्था अज्ञात नै रहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

इन्डोनेसियाका आपतकालीन उद्धार एजेन्सीका प्रमुख सुतोपो पूर्वो नुगरोहोले दुर्घटनाको तस्बिर सार्वजनिक गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस