अमेरिकामा मध्यावधि निर्वाचन : रिपब्लिकनलाई सहज, डेमोक्र्याटलाई गाह्रो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक २०, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, काठमाडौं । अमेरिकामा मंगलबार मध्यावधिक निर्वाचन हुँदैछ । सन् २०१७ मा सत्तामा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षणका रुपमा लिइएको यो चुनावमा उनको रिपब्लिकन पार्टीलाई केही सजह देखिको छ भने डेमोक्र्याटिक पार्टीलाई अप्ठ्यारो छ ।

मंगलबार भहुने चुनावमा सिनेटका १०० मध्ये खाली रहेका ३५ सिटका लागि चुनाव हुँदैछ । यसैगरी हाउस अफ रिप्रिजेनटेटिभका सबै ४३५ सिट र ३६ राज्यका गभर्नर र स्थानीय प्रतिनिधिका लागि चुनाव हुँदैछ ।

सिनेटका ३५ मध्ये २०१६ मा डमोक्र्याटले जितेका २६ सिट खाली छन् भने रिपब्लिकनले जितेका ९ सिट खाली छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाइ र आर्थिक उन्नतीलाई एजेण्डा बनाइरहेका बेला पछिल्लो पटक डेमोक्रयाटले विजय प्राप्त गरेका स्थानहरु पनि गुमाउन सक्ने सम्भावना बढेको छ ।

राष्ट्रपतिको दुइवर्ष कार्यकाल बाँकी रहँदै हुने यो मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको दुइवर्षमा गरेको कामको नतिजाका रुपमा समेत विश्लेषण गर्ने गरिन्छ। सन् २०१६ मा भएको हाउस अफ रिप्रिजेन्टेटिमभको निर्वाचनमा रिपब्लिकनले ४ सय ३५ मा २ सय ३५ सिट जितेर बहुमत प्राप्त गरेको थियो भने १ सय सदस्यीय सिनेटमा रिपब्लिकनले ५१ सिट जितेको थियो।

ट्रम्पले कार्यकाल सम्हालिरहेका बेला हुन लागेको मध्यावधि निर्वाचन रिपब्लिकनले धेरै हार बेहोर्नु पर्यो भने राष्ट्रपतिले बनाउने कुनै पनि कानुन सदनबाट पारित गराउन असम्भव हुने छ। सिनेटले मात्र राष्ट्रपतिलाई हटाउन सक्ने कानुन भएपनि राष्ट्रपतिमाथिको दबाब कायम राख्न डेमोक्र्याटले तल्लो सदनमा मात्र विजय प्राप्त गरेको खण्डमा पनि ‘राष्ट्रपतिलाई हटाउने प्रस्ताव’ ल्याउने डेमोक्र्याटका नेताहरुले सार्वजानिक रुपमा बताउँदै आएका छन्।

अहिले तल्लो सदन र माथिल्लो सदन दुवैमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीको बहुमत भए पनि महत्वपूर्ण कानुनहरु पारित गर्नका लागि यो पूर्ण संख्या होइन। पूर्ण बहुमत प्राप्त गर्न र आफूले चाहेको नियम पारित गराउन रिपब्लिकनलाई जिताउनु पर्ने ट्रम्पले दाबी गरिरहेका बेला अमेरिकाभित्र निर्वाचन अघि गरिने सर्वेक्षणहरुले भने डेमोक्र्याटले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्। अमेरिकी निर्वाचन ताका सर्वेक्षण गर्ने फाइभ थर्टीएट नामक अललाइनले डेमोक्र्याटले बहुमत प्राप्त गर्न सक्ने ८० प्रतिशत रहेको दाबी गरेको छ।

राष्ट्रपति ट्रम्पसँग असहमति जनाउँदै रिपब्लिकनसँग आवद्द ३७ जना संसादले फेरि चुनाव लड्न अस्वीकार गरेका थिए भने संस्थापनसँग असहमति जनाउँदै १८ जना डेमोक्र्याटका सांसदहरुले पूर्ण निर्वाचनमा जान असहमति जनाएका थिए।

डेमोक्र्याटले पूर्णरुपमा सिनेटमा विजयी प्राप्त गर्न २६ वटा स्थानमा आफ्नो सिट लगायत ९ वटा रिपब्लिकनले बिजयी २०१६ मा विजयी प्राप्त गरेको स्थानमा समेत जित्न पर्ने हुन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस