मंसिर १५, काठमाडौं । अमेरिकाको अलास्कामा ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प आएको छ ।
अलास्काको ठूलो शहर एन्कोरेजभन्दा ११ किलोमिटर उत्तरलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको अमेरिकी भूमापन केन्द्रले जनाएको छ ।
जमिनभन्दा ४० दशमलव ९ किलोमिटर गहिराइमा भूकम्प गएको केन्द्रले जनाएको छ । करिब ३ लाख जनसंख्या रहेको एन्कोरेज १ लाख मानिस प्रभावित भएका छन् ।
७ म्याग्नेच्युडको भूकम्पपछि पनि लगातार केही परकम्पनहरु गएका थिए ।
भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको छ भने केही कमजोर संरचनाहरु भत्किएका छन् ।
केही सडकसमेत भासिँदा यातायात अबरुद्ध भएको छ ।
करिब १० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । सरकारी अधिकारीहरुले संयमित रहन आग्रह गरेका छन् ।(एजेन्सी)