पूर्व प्रधानमन्त्री नवाज शरीफलाई ७ वर्षको सजाय, अदालतबाटै गिरफ्तार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ पौष ९, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अल अजिजिया भ्रष्टाचार मामलामा ७ वर्षको जेल सजाय भएको छ। भ्रष्टाचार विरोधी अदालतमा सोमबार भएको फैसलाअनुसार शरीफलाई ७ वर्षको जेल सजाय तोकिएको हो।

फ्लागशीप इन्वेस्टमेन्टसम्बन्धी मुद्दामा प्रमाणको कमीका कारण शरीफले छुट पाएका छन्। ७ वर्षको फैसलासँगै शरीफलाई २ दशमलव ५ मिलियन डलर जरिवाना पनि गरिएको छ। शरीफलाई अदालतभित्रैबाट गिरफ्तार गरिएको छ।

शरीफलाई यस अघिदेखि नै भ्रष्टाचारकै अभियोगमा जेल सजाय काटिरहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरिदिएको थियो।

शरीफमाथिको फैसलाभन्दा पहिले अदालत बाहिर विरोध प्रदर्शन भएको थियो। शरीफ समर्थक र पुलिसबीच भिडन्त भएको थियो।

भ्रष्टाचार निवारणसम्बन्धी अदालतका न्यायाधीश मोहम्मद अरशद मलिकले इस्लामावादको अदालतमा गरेको फ्लागशीप इन्वेस्टमेन्ट र अलअजिजियासम्बन्धी मुद्दामा फैसला सुनाएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस