हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । अस्ट्रियाको आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जर्मनीका नागरिक रहेको बताइएको छ । हिउँ खेल्न गएको समूहका एक जना अझै बेपत्ता छन् । मृतकहरु ३२, ३६ र ५७ वर्षका पुरुष भएको बताइएको छ ।

शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको मृत्यु भएको हो । बेपत्ता २८ वर्षीय जर्मन नागरिकको पनि खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

अत्याधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस