चन्द्रमामा टुसाएको कपासको बीउ मर्‍याे

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७५ माघ ४, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाडौं । चीनको अन्तरिक्ष अभियानले चन्द्रमामा उमारेका कपासका टुसाहरू मरेका वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरिक्ष अभियान चांगुअले लिएर गएका बीउहरू टुसाएको तस्बिर गएको मंगलबार सार्वजनिक गरिएको थियो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिए पनि चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक थियो ।

तर चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेको चिनियाँ वैैज्ञानिकले जानकारी दिएकाे बीबीसीले जनाएको छ । विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि रातिको न्यूनतम तापक्रम विरुवाले खप्न नसकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस