महात्मा गान्धीको पुत्लामा गोली हान्ने महिला र उनका पति पक्राउ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ माघ २३, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौं । महात्मा गान्धीको पुत्लामा गोली हान्ने दुईजना पक्राउ परेका छन् ।

भारतीय प्रहरीले महात्मा गान्धीको पुत्लामा गोली हानेको आरोपमा अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले उनीहरुलाई दिल्लीको नोएडा प्रवेश गर्दै गरेका बेला पक्राउ गरेको हो । उनीहरुलाई बुधबार अलीगढ लगिँदै छ ।

गएको जनवरी ३० मा पूजाले महात्मा गान्धीको पुत्लामा गोली प्रहार गरेकी थिइन् । यो घटनामा १२ जनाविरुद्ध अलीगढमा मुद्दा दायर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस