चुनावको संघारमै अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरू र संसदका सूचनाहरू ह्याक भएको जनाएको छ। अस्ट्रेलियाको आमनिर्वाचनको संघारमै उनीहरूको गोप्य सूचना बाहिरिएको हो।

प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरूले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरूलाई जानकारी दिए। उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए।

‘हाम्रा साइबर विज्ञहरूको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,’ प्रधानमन्त्री मोरिसनले भने। उनले अरु के कस्ता सामग्री चोरी गरिएको भन्ने बारेमा अझै थाहा नभएको बताए।

यसै महिनाको सुरूमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो। अस्ट्रेलियाले सुरक्षा निकायहरूले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् ।

उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरू स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए ।

साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए।

उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गरे। उहाँले रुससँग पनि यस्तो क्षमता रहेको बताए। (रासस/एएफपी)

ताजा अपडेट

खोजी गर्नुहोस