फागुन ७, काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा सिआरपिएफका ४६ जवानको ज्यान जाने गरी चरमपन्थी आक्रमण भएपछि त्यसको प्रक्रिया स्वरुप सुरक्षाकर्मीले सुरु गरेको कारवाही अभियानको क्रममा सोमबार दुई पक्षबिच भिडन्त भयो ।
सोमबार बिहानै पुलवामा विभिन्न क्षेत्रमा सुरक्षाकर्मीले कारवाही अभियान सुरु गरेको थियो । पुलवामाको पिङ्गलान क्षेत्रमा भएको भिडन्त सोमाबार बेलुका सकिएको छ । भिडन्तमा पाँच सुरक्षाकर्मी र तीन चरमपन्थीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आर्मी, सिआरपिएफ र एसओजीले पुलवामा क्षेत्रमा संयुक्त कारवाही अभियान सोमबार बिहानै चलाएको हो । पिङ्गलान क्षेत्रमा आतंककारी रहेको सूचनाको आधारमा अभियान चलाएको थियो ।
गएको बिहीबार सिआरपिएफको गाडीमाथि भएको आक्रमणपछि पुलवामा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।