नामिबियाको जेलमा २८६ विदेशी नागरिक बन्दी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन ११, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ११, काठमाडौं । नामिबियाको कारागारमा विभिन्न देशका २८६ विदेशीहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सुधार सेवा कार्यालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार सवैभन्दा धेरै जाम्बियाका नागरिक रहेका छन् ।

उनीहरुले नामिबियाको कारागारमा जाम्बियाका १२० जना रहेको र ती मध्ये एक जना महिला रहेको पनि जानकारी दिएका छन् । कारागारमा रहेकामध्ये सवैभन्दा धेरै ४१ जना आक्रमणको मुद्दामा परेका हुन् । त्यसपछि धेरै १९ जना बलात्कारको मुद्दामा जेल परेका हुन् ।

नामिबियाको कारागारमा रहेका विदेशीहरूमध्ये दोस्रो धेरै ९१ जना अङ्गोलका रहेका छन् । उनीहरुमध्ये धेरैजसो आक्रमण सम्वन्धी र लागुऔषधसम्बन्धी अपराधमा कारागार चलान भएका हुन् ।

त्यस बाहेक जिम्बाब्बे, दक्षिण अफ्रिका, तान्जेनियालगायतका देशका नागरिक पनि नामिबियाको कारागारमा रहेको अधिकारीहरुले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस