भारतीय प्रधानमन्त्री मोदीको अर्को फण्डा : कामदारहरूको मिचिमिचि खुट्टा धोएपछि….

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन १२, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन १२,काठमाडौँ । चुनाव आउनु अगाडि नेताहरु जनताको सहानुभूति बटुल्न अनेक उपाय निकाल्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले यस्तै एउटा फन्डा गरेका छन् ।

मोदीले एउटा कार्यक्रममा सफाई मजदुरहरुको सम्मान गरे । यो त कुनै नौलो कुरा भएन । नौलो कुरा त, त्यतिबेला भयो, जब मोदीले पित्तलको थाल राखेर कामदारहरुको खुट्टा धुन थाले । उनले पालैपालो ती कामदारहरूको मिचिमिचि खुट्टा धोए । यो भिडियो अहिले भाइरल बनेको छ ।

खुट्टा धोइसकेर उनले कामदारलाई निहुरिएर प्रणाम गरे । यति मात्र होइन, सफा तौलियाले खुट्टा पनि पुछिदिए । यी ककामदार कुम्भ मेलाको आयोजनामा खटिएका थिए ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गान्धीपछि कुनै नेताले जनताप्रति यति ठूलो समर्पण देखाएको भन्दै यसर्लाइ नयाँ युगको सुरुवातका रुपमा व्याख्या गरेका छन् । भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस