अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन १८, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

 फागुन १८, काठमाडौँ  ।  अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । आक्रमणमा कैयौँ तालिवान विद्रोहीको पनि मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

विद्रोहीले उनीहरूलाई बोकेर लगेका कारण विद्रोहीतर्फ के कति क्षति भएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । रासस÷सिन्ह्वा

ताजा अपडेट

खोजी गर्नुहोस