फेरि सुरु भयो पाकिस्तान र भारतबीचको रेल सेवा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन २१, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरी सुरु भएको छ ।

दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।

 

पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।

“सम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार विहान ११।३० बजे अत्तारी रेल स्टेशन पुगेको थियो,” एक जना भारतीय अधिकारीले बताए ।

पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारत तर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन् ।

भारत प्रशासित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो ।

सामान्यतया सोमबार र बिहिबार दुई देशबीचमा रेल सेवा संचालन हुदै आएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस