क्यानडाका प्रभावशाली मन्त्री जेन फिलपोटद्वारा राजीनामा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन २१, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । सरकारले भ्रष्टाचारका विषयमा गरिरहेको अनुसन्धानमा अविश्वास व्यक्त गर्दै क्यानडाका प्रभावशाली मन्त्री जेन फिलपोटले राजीनामा दिएका छन् ।

इन्जिनियरिङ फर्म एसएनसी–लाभालिनले गरेको भ्रष्टाचारका विषयमा भइरहेको अनुसन्धानको पारदर्शितामा प्रश्न उठाउँदै फिलपोटले राजीनामा दिएका हुन् ।

राज्य कोष बोर्डकी अध्यक्षसमेत रहेकी मन्त्री फिलपोटले आफ्नो मान्यता, नैतिक जिम्मेवारी संवैधानिक दायित्वको अनुसरण गरेर राजीनामा दिएको बताएका छन् ।

योसँगै प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि संकट बढेको छ । प्रधानमन्त्री ट्रुडोले भने एसएनसीका सम्बन्धमा भइरहेको भ्रष्टाचार मुद्दाको सुनुवाइमा कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नगरिएको बताउँदै आएका छन् ।

विपक्षी कन्जरभेटिभ पार्टीका सदस्यले गएको हप्ता लिबरल प्रधानमन्त्री ट्रुडोको राजीनामा माग गरेका थिए ।

पछिल्लो समय भइरहेका विभिन्न सर्वेक्षणले प्रधानमन्त्री ट्रुडोको चर्चा कम हुँदै गएको देखाएका छन् । क्यानडामा आउँदो अक्टोबरमा चुनाव हुँदैछ ।एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस