फागुन २६, काठमाडौँ ।कोलम्बियामा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।
कोलम्बियाको समथर राज्य मेतामा स्थानीय समय अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा १४ जनाको ज्यान गएको त्यहाँको उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विमानमा रहेका सबैको ज्यान गएको हो ।
लासेर एइरेओ एयरलाइन्सको विमान दक्षिणी शहर सन जोसे डेल गुएभिएरेबाट भिल्लाभिसेन्सिओका लागि उडेको थियो । ज्यान गुमाउनेमा भाएपेसको सानो शहरका मेयरसहित रहेका छन् ।