फागुन २६, काठमाडौँ । इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार १५७ जनाकै मृत्यु भएको छ।
एयरलाइन्सले विमानमा सवार सबै जनाको मृत्यु भएको पुष्टि गरेको हो। यसअघि एयरलाइन्सले खोजी र उद्धार कार्य भइरहेको बताएको थियो।
इथियोपियन एयरलाइन्सको बोइङ ७३७ विमानमा ८ क्र्यु मेम्बर र १४९ जना यात्रु सवार थिए।
विमानमा ३३ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।
Accident Bulletin no. 2
Issued on march 10, 2019 at 01:46 PM pic.twitter.com/KFKX6h2mxJ— Ethiopian Airlines (@flyethiopian) March 10, 2019
बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ६ मिनेटमै विमानसँग सम्पर्क विच्छेद भएको र बिसोफटु शहर नजिकै दुर्घटना भएको बताइएको छ।
विमान दुर्घटनाको कारण नखुलेको अनुसन्धानमा खटिएका प्रहरीले जनाएको छ।
इथियोपियाका प्रधानमन्त्री अबी अहमदले विमान दुर्घटनामा मृत्युहरु भएका प्रति समवेदना प्रकट गरेका छन्। यस्तै केन्याका राष्ट्रपति उहुरु केनयट्टाका पनि मृतक र परिवार प्रति समवेदना व्यक्त गरेका छन्।
सन् २०१० मा पनि इथियोपियन एयरलाइन्सको बोइङ दुर्घटनामा भएको थियो। लेबनानबाट उडान भरेको केही बेरमै विमानमा विस्फोट हुँदा ९० जनाको मृत्यु भएको थियो।