मुम्बईमा पुल खस्यो, पाँच जनाको मृत्यु, कैयौँ घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र १, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत १, काठमाडौँ । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनस (सिएमएमटी) रेल्वे स्टेशन नजिकै एक पुल खस्दा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो ।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । पुल खसेपछि आवागमन रोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस