न्यूजिल्यान्डको मश्जिदमा गोली प्रहार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र १, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १, काठमाडौँ । न्यूजिल्यान्डको एक मश्जिदमा केही बेर अघि गोली चलेको आवाज आएको स्थानीय सञ्चार माध्यमले स्थानीयलाई उद्धृत गर्दै जनाएका छन् । क्राइस्ट चर्च भन्ने स्थानमा रहेको एउटा मश्जिदमा गोली प्रहार भएको हो । शुरुमा विद्युतमा खराबी भएका कारण पड्केको ठानिएकोमा पछि केही घाइते भएको भन्दै भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

भवनभित्र केही मानिस घाइते भएको समेत स्थानीय सञ्चार माध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएका छन् । क्राइस्ट चर्च क्षेत्रका सबै विद्यालयहरु बन्द गरिएका छन् । प्रहरी कमिसनर माइक बुशले जनाएअनुसार भवन खाली गर्ने क्रम जारी रहेको छ ।

सो घटना अल नूर नामक मश्जिदमा भएको हो । अधिकारीहरुले क्याथेड्रल स्क्वायरपनि खाली गरेका छन् । जहाँ जलवायु परिवर्तन सम्बन्धी र्यालीमा सहभागी हुन हजारौं बालबालिका सहभागी रहेका थिए । घटनाको विस्तृत विवरण भने आइसकेको छैन । (बीबीसी)

ताजा अपडेट

खोजी गर्नुहोस