चैत ४, काठमाडौँ । भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ। लामो समयदेखि बिरामी पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको हो।
पर्रिकर विगत एक सालयता क्यान्सरबाट पीडित थिए। उनको आइतबार निधन भएको हो। पूर्वरक्षामन्त्रीसमेत रहेका पर्रिकरको अमेरिका, दिल्ली र मुम्बईका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो।
पर्रिकरको निधनमा भारतका राष्ट्रपति रामनाथ कोविंद, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलै श्रदाञ्जली दिएका छन्। दुवैले दुःख व्यक्त गर्दै सामाजि संजालमा पर्रिकरलाई सम्झिएका छन्।
मोदी सरकारमा रक्षामन्त्रीसमेत रहेका पर्रिकर चारपटक गोवाका मुख्यमन्त्री रहेका थिए।