के पाकिस्तानमाथि भारतले अर्को हमला गर्दैछ ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत २५, काठमाडौँ । भारतले यसै महिना पाकिस्तानविरुद्ध अर्को कारवाही गर्ने तयारी गरिरहेको छ भन्ने पाकिस्तानको दाबीलाई भारतले आधारहिन भएको बताएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले १६ देखि २० अप्रिलबीच पाकिस्तान विरुद्ध पुनः कारवाही गर्ने तयारी गरिरहेको छ भन्ने विश्वासिलो एवं गोप्य जानकारी भएको दाबी गरेका थिए ।

पाकिस्तानी विदेशमन्त्रीको दाबीमाथि प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘भारत पाकिस्तानी विदेश मन्त्रालयको गैर जिम्मेवारी र आधारहीन बयानलाई खारेज गर्छ । उनीहरुको उद्देश्य क्षेत्रमा युद्धको उन्माद फैलाउनु हो । यस्तो लाग्छ कि पाकिस्तानस्थित आतंकवादीहरुलाई भारतविरुद्ध आतंककारी हमला गरोस् भन्ने सन्देश दिनका लागि यस्तो अफवाह फैलाइएको हो ।’

पाकिस्तानले यस्तो गर्नुको साटो आफ्ना सबै इलाकामा सक्रिय आतंकवादी तत्वविरुद्ध विश्वासीलो कदम उठाउनुपर्ने उनले धारणा व्यक्त गरे ।

प्रवक्ताले भने, ‘पाकिस्तानले सबै कूटनीतिक र डिजीएमओ (डायरेक्टर जनरल मिलिट्री अपरेशन) माध्यमबाट सम्भावित आतंककारी हमलासँग जोडिएको विश्वासिलो गोप्य जानकारी साझा गरोस् ।’

उनले भारतसँग सीमापारी हुने कुनै पनि आतंककारी हमलाको कडा र निर्णायक जवाफ दिने अधिकारी भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस