भारतीय लोकसभा चुनाव: घोषणापत्र जारी गर्दै भाजपा, के–के समेट्दैछ ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

चैत्र २५,काठमाडौँ । भारतीय जनता पार्टी भाजपाले सोमबार आसन्न लोकसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ । उसले खासगरी आफु सत्तामा आएपछि भ्रष्टाचार नियन्त्रण गरेको विषयलाई प्रमुखताका साथ उठाउने छ । भाजपा नेतृत्वमा अहिलेसम्म गरेको कामको विस्तृतसहित उसले आज चुनावी घोषणापत्र जारी गर्न लागेको हो ।

भाजपाले कालोधन फिर्ता,महंङगी नियन्त्रण,रोजगारीको अवसर सिर्जना,एनपिएमा कमी, करप्रणली व्यवस्थित गरेर व्यवसायीलाई लगानी गर्ने वातावरण बनाएको र स्वदेशी समाग्रीको प्रयोगमा जोड दिँदै आएको विषयलाई आफ्नो सफलतासंग जाडेको छ ।

सम्भवतः आज नै जारी हुन लागेको घोषणापत्रमा काँग्रेस आईको न्याय योजनाको जवाफमा राष्ट्रवाद, किसान कल्याण तथा महिला सशक्तिकरणबाट दिने बुझिएको छ ।

पार्टी घोषणापत्रमा किसान सम्मान योजनाको विस्तार गर्दै किसान मासिक पेन्सन योजना–कृषक भविष्य निधि योजना सुरु गर्ने तयारीको घोषणा हुन सक्नेछ ।

यसमा राष्ट्रवादसंग जोडिएको पुरानो मुद्दामा पुरानो तथा कठोर नीति अपनाउने तयारी रहेको बुझिन्छ ।

यसका साथै घोषणापत्रमा शहीदका परिवारलाई सरकारी जागिर दिने वाचा गर्न सकिने बुझिन्छ ।

संकल्पपत्र कमिटिका एक सदस्यका अनुसार घोषणापत्रको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष अमित शाहलाई जिम्मेवारी दिइएको छ ।

गत शुक्रबार र शनिबार यस विषयमा गम्भीर छलफलसंगै माथापच्ची भएको छ । अन्तिम निर्णय भने अध्यक्ष शाहले नै गर्नेछन् ।

महिलालाई अगाडि ल्याउने बारे विशेष योजना बन्न लागेको बुझिएको छ । महिलालाई मन्त्रिपरिषदमा १५ प्रतिशत तथा विभिन्न आयोगमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको छ ।

उद्योग–व्यापार सुरु गर्न महिला तथा युवालाई विशेष कर छुट दिने योजना बनिरहेको छ । स्वरोजगार बन्न सुविधा दिने भाजपाको योजना छ ।

भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदी भने अहिले धमाधम चुनावी र्यालीलाई संवोधन गरिरहेका छन् । उनी दोस्रो पटक प्रधानमन्त्री बन्नका लागि विपक्षीको भन्दा उत्कृष्ट घोषणापत्रमा जोड दिइरहेका छन् ।

-आजतकको सहायतामा

ताजा अपडेट

खोजी गर्नुहोस