भारतीय निर्वाचनको पूर्वसन्ध्यामा मारिए भाजपा नेता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत २६, काठमाडौँ । भारतको छतिसगढमा माओवादी आक्रमणमा परेर भारतीय जनता पार्टीका नेता एवम् विद्यायकसहित ५ जना मारिएका छन् । भारतको छतिसगढ राज्यअन्तर्गतको दन्तेवाडामा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा विद्यायक भीमा माण्डवीसहित ४ जना रहेका छन् । भारतीय प्रहरीका अनुसार यात्रामा रहेका विद्यायकमाथि माओवादीहरुले आक्रमण गरेका थिए । मारिनेहरुमा विद्यायक माण्डवीसहित उनको गाडीका चालक र ३ सुरक्षाकर्मी रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

माओवादीहरुले उनीहरु सवार गाडीमाथि बम हानेका थिए । बम आक्रमणबाट गाडी ध्वस्त भएको भारतीय प्रहरीलाई उदृत गर्दैै सञ्चारमाध्यामहरुले जनाएका छन् । भारतमा लोकसभा निर्वाचन सुरु हुने पूर्वसन्ध्यामा यो आक्रमण भएको हो । बिहीबारदेखि भारतमा लोकसभा निर्वाचन सुरु हुँदैछ । दन्तेवाडामा पनि बिहीबार पहिलो चरणको निर्वाचन हुँदैछ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस