विश्वको सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भर्‍यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख १, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौँ । । विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ ।

३ सय ८५ फिट लम्बाई भएको यो बिमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ ।

यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन छन् ।

स्ट्रेटोलन्च नामक कम्पनीअन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो बिमानले अहिले पहिलो उडान भरेको हो ।

अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ ।

यो परियोजना सफल भएको खण्डमा अन्तरिक्षमा कुनै सामान पठाउन रकेट पठाउन भन्दा पनि सस्तो र सुलभ हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस