सुडानमा सेनाले गर्‍यो ‘कू’, राष्ट्रपति बसिर पक्राउ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख १, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौँ । । सुडानमा सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको छ ।

सेनाले प्रदर्शनकारीको माग सम्बोधन गर्दै राष्ट्रपति ओमार अल बसिरलाई हटाएको जनाएको हो ।

सुडानका रक्षामन्त्री अवख इब्न ओउफले सेनाले सत्ता आफनो हातमा लिइ राष्ट्रपति बसिरलाई पक्राउ गरेको बताए ।

बसिरलाई सुरक्षित स्थानमा राखिने र मुलुकको सीमा २४ घन्टाका लागि बन्द गरिने सेनाले जनाएको छ ।

सेनाको कदमलगत्तै प्रदर्शनकारीहरुले माग पूरा भएको भन्दै आन्दोलन फिर्ता लिएको जनाएका छन् ।

बसिर विगत ३० वर्षदेखि सत्तामा रहेका थिए । सन् १९८९ मा सत्तामा आएका उनीविरुद्ध विगत केही महिनादेखि विरोध चर्किएको थियो ।

प्रदर्शन चर्किएपछि उनले संकटकालसमेत घोषणा गरेका थिए ।

सुडानमा पाउरोटी र इन्धनको मूल्य घटाउन माग गर्दै सुरु भएको प्रदर्शन पछिल्लो समयमा राष्ट्रपति बसिरले सत्ता छाड्नुपर्ने मागमा केन्द्रित भएको थियो ।

प्रदर्शनकाक्रममा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस