भारतीय कांग्रेसलाई झड्का : प्रवक्ता चतुर्वेदीले पार्टीबाट राजीनामा दिईन !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख ६, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख ६,काठमाडौँ । भारतीय कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छिन् । मथुरामा कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि उनले राजीनामा दिएको बताइएको छ ।

समाचार संस्था एएनआईका अनुसार, लोकसभा चुनावअघि कांग्रेस पार्टी छोडेलगत्तै प्रियंका चतुर्वेदी शिवसेनामा सामेल भएकी छिन् । शिवसेनाका नेता सञ्जय राउतले प्रियंका आज नै शिवसेनामा प्रवेश गरेको बताएका छन् । शिवसेना प्रमुख उद्धव ठाकरेसँगको पत्रकार सम्मेलनमा चतुर्वेदी पार्टी प्रवेश गरेकी हुन् । शुक्रबार नै उनले कांग्रेस अध्यक्ष राहुल गान्धीसमक्ष राजीनामा दिएकी थिइन् ।

प्रियंकाले योभन्दा अघि सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै भनेकी थिइन्, ‘कांग्रेसमा रगत र पसिना बगाएर लाग्नेलाई भन्दा गुण्डाहरुलाई प्राथमिकता दिइन्छ, म दुःखी छु । मैले पार्टीको लागि सबै किसिमका आलोचना र अपशब्द सहेँ तर मलाई पार्टीभित्र बाटै धम्की आइरहेको छ, यो निकै दुर्भाग्यपूर्ण हो ।’

‘धम्की दिनेहरु कारबाहीमा परेका छैनन् । उनीहरु बिनाकारबाही उम्किनु दुर्भाग्यपूर्ण हो’, उनले भनेकी छिन् । उनले ट्विटर ह्याण्डलमा पनि नामको अघि कांग्रेस प्रवक्ता पनि हटाएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस