नोट्रे डाम गिर्जाघर आगलागीको ‘गुगल सर्च’ श्रीलंका बम आक्रमणको भन्दा सात गुणा बढी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । एजेन्सी । गुगलमा फ्रान्सको प्रतिष्ठित नोट्रे डाम गिर्जाघरको आगलागीको घटना, श्रीलंकामा ३००को ज्यान लिने बम आक्रमणभन्दा बढी खोजिएको छ । अझ गुगलमा फ्रान्सको घटनालाई श्रीलंकाकोभन्दा सात गुणा बढी खोजियो ।

गुगल ट्रेण्ड्सबाट प्राप्त तथ्याकं अनुसार दुवै विपतको ‘सर्च’ संख्या हाल उस्तै संख्यामा स्थीर अवस्थामा छ । तर दुई घटनाको ‘सर्च’को तुलना गर्दा अघिल्लो हप्ताभरी विश्वव्यापी ‘सर्च’मा ‘नोट्र डाम’ शब्द ‘श्रीलंका’भन्दा कम्तीमा पनि सात गुणा बढी प्रयोग भएको देखिएको थियो ।

टे«ण्ड्सले बताए अनुसार नोट्र डाम आगलागीको २४ घण्टाभित्र भएको ‘सर्च’ संख्या श्रीलंका बम आक्रमण भएको २४ घण्टाभित्र भएको ‘सर्च’ संख्याभन्दा पाँचदेखि नौ गुणा बढी थियो ।

अप्रिल १५ मा पेरिसको ऐतिहासिक धरोहरमा भएको आगलागीमा कसैको पनि मृत्यु भएको थिएन । तर हताहतीको संख्याले ‘गुगल सर्च’लाई प्रभावित नगर्ने रहेछ, त्यसमा स्थान महत्वपूर्ण हुने देखियो ।

अन्तराष्ट्रिय समाचार संस्था अल जजिराका तथ्याकं विश्लेषक ग्याब्रियल कहलोटले नोट्र डामको घटना बढी खोजिनुको कारण पश्चिमी नागरिकहरुलाई यो ‘आफ्नो नजिक’ लाग्नु भएको बताए ।

छिमेकी भारत, इण्डोनेशिया र संयुक्त अरब एमिरेटबाट भएको ‘सर्च’मा मात्र श्रीलंका बम आक्रमणको घटनाले पेरिस स्मारकको आगलागीलाई उछिनेको थियो ।

“आफ्नो नजिक लागेको कारण नै भारतको ‘सर्च ट्रेण्ड’मा मुख्यत श्रीलंकाको घटना रह्यो ,” ग्याब्रियलले भने ,“गुगलमा हुने खोजीमा सधैं यस्तै देखिन्छ । जब इथोपियन एयरलाइन्सको जहाज दुर्घटना भएको खबर आयो, गुगल ट्रेण्ड्समा अमेरिकाबाट भएको ‘सर्च’मा मुख्यत ‘दूर्घटनामा अमेरिकी पीडित’ देखिएको थियो ।”

श्रीलंकामा अप्रिल २१ को दिन श्रृङ्खलाबद्ध बम विस्फोट गराइएको थियो । । हालसम्म कसैले जिम्बेवारी नलिएको उक्त घटना एउटै समूहले योजनाबद्ध रुपमा गरेको जस्तो देखिएको छ ।

घटनामा ५०० भन्दा बढी घाइते भएका छन् । मृतक अधिकाशं श्रीलंकन नागरिक भए पनि दजनौं विदेशीको पनि ज्यान गएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस