फाल्गुण २६, काठमाण्डौ । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल अकाउन्ट एक दिनका लागि ७ महिलाले चलाएका छन् । प्रधानमन्त्री मोदीको नाममा रहेका सामाजिक सञ्जालको अकाउन्टमा कुनै एक क्षेत्रमा काम गरेर क्यारियर निर्माण गरेका ७ महिलाले आफ्नो जीवनका कहानीहरु पोष्ट गरेका थिए । प्रधानमन्त्री मोदीले केही दिनअघि एक दिनका लागि आफ्ना सबै सामाजिक सञ्जालका अकाउन्टहरु महिलाहरुलाई हस्तान्तरण गर्ने घोषणा गरेअनुसार सात महिलाले आइतबार उनको अकाउन्ट चलाएका हुन् ।
विभिन्न क्षेत्रमा कडा संघर्ष गरेर सफलता प्राप्त गरेका सात महिलाले आइतबार प्रधानमन्त्री मोदीको नाममा चल्दै आएका ट्वीटर, इन्स्टाग्राम, फेसबुक र यूट्युब पेजमा आ–आफ्ना संघर्षका कथाहरु सुनाउने र पोष्ट गरेका थिए । सो क्रममा उनीहरुले जनताका प्रश्नहरुको जवाफ दिए र उनीहरुको कौतुहलता शान्त पारेका थिए ।
यी सात महिलाले चलाएका थिए मोदीको अकाउन्ट
स्नेहा मोहनदास चेन्ननई, तमिलनाडु, मालविका अय्यर९ कम्भकोणम, तमिलनाडु, आरिफा जान९श्रीनगर,कश्मीर, कल्पना, रमशे हैदरावाद, तेलंगना, विजया पवार महाराष्ट्र, कलावती कानपुर, उप्र र बिना देवी मुंगेर, बिहारले प्रधानमन्त्री मोदीको नाममा रहेका सामाजिक सञ्जाललाई एकदिनका लागि प्रयोग गरेका थिए ।
प्रधानमन्त्री मोदीले यी महिलाहरूले आ–आफ्नो क्षेत्रमा ठूलो काम गरेका र उनका संघर्ष र उपलब्धिहरूले लाखौंलाई प्रेरणा दिएको बताए । उनले भने, ‘हामीले यी उपलब्धिहरूलाई सम्मान गर्न र उनीहरूबाट केहि सिक्नुपर्दछ ।’
प्रधानमन्त्री मोदीले केही दिनअघि अन्तर्राष्ट्रिय महिलादिवसका अवसरमा एक दिनका लागि आफ्नो सोसल मिडिया अकाउन्ट अन्य व्यक्तिका लागि प्रेरणा बनेका महिलालाई सुम्पिने घोषणा गरेका थिए । मोदीको नाममा रहेको ट्वीटरमा ५।३४ करोड फलोअर्स रहेका छन् भने इन्स्टाग्राममा ३।५ करोड फलोअर्स रहेका छन् । त्यस्तै फेसबुकमा ४।४ र युट्युब पेजमा ४५।४ लाख जनाले सबस्क्राइब गरेका छन् । रातोपाटी