अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको मृत्यु, ८ घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ मंसिर १५, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्य भएको छ ।

मृत्य हुनेमा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरी रहेका छन् । मृत्य हुनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस