म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा ५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ मंसिर २०, सोमबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं । म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यङ्गुनमा सेनाको एउटा ट्रक प्रदर्शनकारीमाथि कुदाइँदा उनीहरुको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।

फेब्रुअरीमा सेनाको कू पछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाई जेल हालिएको छ । पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् ।

प्रदर्शनकारीमाथि ट्रक चलाइएको विषयलाई सेनाले अस्वीकार गरेको छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएको सरकारको दाबी छ । विगतमा सरकारविरुद्ध भएका प्रदर्शनमा सेनाले गोली चलाउँदा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुन थालेपछि आजभोलि प्रदर्शनकारीले साना र्‍याली र भेला आयोजना गर्न थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस