विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बङ्गलादेशमा २० जनालाई मृत्युदण्डको सजाय

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ मंसिर २२, बुधबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाडौं । बङ्गलादेशमा विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताए ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका विद्यार्थी फहादको सन् २०१९ मा हत्या भएको थियो । उनको हत्या आरोपमा बङ्गलादेशले आज २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिललाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

‘अदालतको फैसलाबाट म खुसी छु’, फैसलापछि अदालतबाहिर पत्रकारसँग फहादका बुबा बरकाट उल्लाहले भने, ‘दोषीहरूले सजाय छिट्टै पाउनेमा विश्वस्त छु ।’

मृत्युदण्डको सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नोलोजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस