पुस ७, काठमाडौ । अमेरिकामा कोभिड महामारीपछि स्थापना गरिएको राहत कोषबाट अर्बौं डलर बराबरको रकम ठगी भएको छ ।
महामारी सुरु भएयता (कोभिड-१९) राहत कोषबाट झण्डै १०० अर्ब अमेरिकी डलर बराबरको रकम अपराधीहरूले ठगेको अमेरिकाको सेक्रिट सर्भिसले जनाएको हो । गृह मन्त्रालयअन्तर्गतको सेक्रिट सर्भिसले अपराधिक क्रियाकलापको छानबिन गर्दै आएको छ । यसले पछिल्लो समय कोभिड राहत कोषबाट ठगी गरिएको रकम खोजेर असुलउपर गर्ने अभियानसमेत सुरु गरेको छ ।
सेक्रिट सर्भिसका अनुसार अमेरिकी सरकारले ‘पेचेक प्रोटेक्शन प्रोग्राम’ र ‘इकोनोमिक इन्जुरी डिजास्टर लोन प्रोग्राम’ जस्ता राहत कोषलाई दिएको ३.५ ट्रिलियन डलर रकममध्ये १०० बिलियन डलर जालसाजी गरेर निकालिएको छ । ठगी गरेर निकालिएको रकममध्ये अहिलेसम्म केबल २.३ बिलियन डलर ९२ अर्ब ३० करोड० असुल गरिएको छ ।