बेलायतमा ‘ओमिक्रोन’ संक्रमण: खोप नलगाएका बढी प्रभावित !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ पौष ८, बिहिबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस ८,काठमाडौँ । संयुक्त अधिराज्य (बेलायत)मा पछिल्लोपटक एक लाखभन्दा बढी व्यक्ति कोभिड १९ बाट सङ्क्रमित भएका छन् । पछिल्लो आठ दिनदेखि एकैदिन लगातार नब्बे हजारभन्दा माथि सङ्क्रमित हुँदै आएकोमा बुधबार यो सङ्ख्या बढेर एक लाख छ हजार पुगेको छ । जुन महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ सङ्क्रमणका कारण सङ्ख्या बढ्दै गैरहेको वैज्ञानिकहरुले बताएका छन् । सङ्क्रणदर बढेसँगै अस्पतालनमा भर्ना हुने दर पनि बढेको छ । बुधबार मात्र आठ हजार आठजना भर्ना भएका छन् । संक्रमणबाट १४० जनाको मृत्यु भैसकेको छ ।

सङ्क्रमित दर बढेसँगै सरकारले बुस्टर डोज(तेस्रो खोप) लाई पनि तीब्रता दिएको छ । मङ्गलबार मात्र नौ लाख ६८ हजार जनाले बुस्टर डोज लिएको बीबीसीले जनाएको छ । तेस्रो खोपले ७०/७५ प्रतिशतसम्म भाइरसबाट सुरक्षित राख्ने विश्वासका साथ यसलाई तीब्रता दिए पनि सङ्क्रमण दर भने बढिरहेको छ । यसैबीच, सरकारले इङ्ल्याण्डमा नयाँ नियम लागू गरेको छ । जसअनुसार मिलेसम्म घरबाटै काम गर्ने, इनडोर र भिडभाड हुने स्थानमा मास्क अनिवार्यलगायतका नियम रहेका छन् ।

बुस्टरले केही काम गरेको देखिएको छ, अन्यथा सङ्क्रमण दर अझ बढ्न सक्थ्यो, बेलायतमा रहनु भएका वरिष्ठ् जनस्वास्थविद् प्रा.डा पदम सिम्खडा भन्छन्, ‘अहिलेको नयाँ भाइरसबाट बालबालबालिका, युवा, खोप नलगाउने र सतर्कता नअपनाउने बढी सङ्क्रमित भएको पाइएको छ ।’ बेलायतमा बालबालिकाले खोप नलगाइसकेको र युवाले पनि दोस्रोरतेस्रो खोप नपाएको अवस्थामा ती वर्ग सङ्क्रमित हुँदा उल्लेख्य मात्रामा सङ्ख्या बढेको हुन सक्ने उनको आँकलन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस