पुस १९, काठमाडौं । भारतमा १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई कोरोना विरुद्धको खोप दिन अभियान सुरु भएको छ ।
खोप केन्द्रमा खोप लगाउनेहरुको भीड बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
खोपका लागि अस्तिदेखि रजिस्ट्रेसन सुरु भएको थियो । अहिलेसम्म झण्डै १० लाख बालबालिका तथा किशोरकिशोरीले खोपका लागि नाम दर्ता गराएका छन् ।
भारतमा अहिले कोरोनाको तेस्रो लहर फैलिरहेको छ । यसले गर्दा जोखिम बढेको भन्दै १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई खोप दिन अभियान थालिएको हो ।