भारतमा ओमिक्रोन भेरियन्टबाट एक संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ पौष २२, बिहिबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

पुस २२, काठमाडौ । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो ।

भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस