माघ १२, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा आक्रमण गरे रुसी समकक्षी भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउन सक्ने घोषणा गरेका छन् । पत्रकारहरुले ‘यदियुक्रेनमाथि आक्रमण भए तपाईँ रुसी राष्ट्रपतिमाथि व्यक्तिगत रूपमै प्रतिबन्ध लगाउनु हुन्छ? भनेर सोधेको प्रश्नको जवाफमा बाइडेनले ‘हो’ भनेका थिए ।
युक्रेनको सिमाना पार गर्ने आक्रामक कदमले विश्वव्यापी रूपमा असाधारण परिणाम निम्त्याउने र यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण हुनसक्ने बाइडेनको भनाइ छ । पश्चिमा शक्तिहरूले युक्रेनमा आक्रमण भए रुसले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो भनाइ बाहिर आएको हो ।
रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै मनसाय नरहेको दोहो¥याउँदै आएको छ । युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको आरोप रुसको छ । यद्यपी युक्रेनको सीमा क्षेत्रमा रुसले झण्डै एक लाख सैनिक तैनाथ गरेको छ ।
बाइडेनले यहि कारण पूर्वी युरोपमा नेटोको उपस्थितिलाई बलियो बनाउन आफू बाध्य भएको महसुस गराउनसक्ने पनि बताएको बिबिसीले उल्लेख गरेको छ । तर बाइडेनले युक्रेनमा नै अमेरिकी सेना पठाउने कुनै योजना नभएको दोहो¥याएका छन् ।