क्यानडामा विरोध प्रदर्शन: ओटावामा आपत्काल घोषणा !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ माघ २४, सोमबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २४,काठमाडौँ । विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा आपत्काल घोषणा गरिएको छ ।

ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि आपत्काल घोषणा गरिएको बताउनु भएको छ ।

कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमप्रति असन्तुष्टि राख्दै ट्रक चालकहरुले केही दिनयता लगातार त्यहाँ प्रदर्शन गरिरहेका छन् ।

लगातारको प्रदर्शनले नागरिकको शान्ति सुरक्षामा खलल पुगेको भन्दै आपत्काल घोषणा गरिएको हो । आपत्कालको समयमा प्रदर्शन गर्न रोक लगाइएको छ ।

अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना विरुद्धको खोप अनिवार्य गरिएपछि चालकहरुले विरोध प्रदर्शन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस