फागुन २४, काठमाडौँ । खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएको युक्रेनको रक्षा मन्त्रालयले दाबी गरेको छ । तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन् । कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ ।
युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए । ‘क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात उनले पदक प्राप्त गरेका थिए ।
बीबीसी