“वाशिङ्टनले ‘विकृत सूचना’ फैलायो”: चीन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ फागुन ३०, सोमबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । बेइजिङले युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आज सोमवार रोममा दुई देशका राजदूतहरू बीचको वार्ताअघि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

रुसले चीनसँग सैन्य र अन्य सहायता मागेको अमेरिकी अधिकारीहरूको आरोपको खण्डन गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भन्नुभयो, ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।’

यसअघि रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको अमेरिकी अधिकारीहरूले आरोप लगाएका थिए । वाशिङ्टनमा रहेको चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ ।

सञ्चारमाध्यमका अनुसार अमेरिकाले रुसलाई सहायता गरेमा चीनले त्यसको दुष्परिणाम भोग्ने चेतावनी दिएको छ । चीन र अमेरिकाबीच सोमवार वार्ता हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस