श्रीलंकाले इन्धन आयातको लागी भारतसँग ५० करोड अमेरिकी डलर ऋण माग्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ १७, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ १७, काठमाण्डौ । चरम आर्थिक संकटबाट मुक्त हुन श्रीलंकाले इन्धन आयातको निम्ति भन्दै भारतसँग ५० करोड अमेरिकी डलर ऋणको निम्ति अनुरोध गरेको छ । भारतका लागि श्रीलंकाका उच्चायुक्त मिलिन्दा मोरागोडाले गतसाता भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा उक्त ऋण सहयोगबारे अनुरोध गरेको बताइन्छ । यसअघि भारतले श्रीलंकालाई ५० करोड अमेरिकी डलरको सहयोग गरिसकेको छ ।

श्रीलंका मुलुक स्वतन्त्र भएपछिको सबैभन्दा खराब आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ । महामारीमा पर्यटन उद्योग खुम्चिँदा मुलुकको विदेशी मुद्राको सञ्चिति रित्तिएपछि श्रीलंकाले डलरको निम्ति अनुरोध गर्दै आएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस