युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण १, आईतबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १,काठमाडौँ । युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको मृत्यु भएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भइरहेका छन्।

रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य सहर डिनिप्रोमा रहेको अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेका छन् ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । झन्डै ६ महिना लामो युद्धका कारण रुस तथा युक्रेनका हजारौँ सेना र नागरिकले ज्यान गुमाएका छन् ।

अहिले पनि आक्रमणका घटना रोकिएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस