शिकागोमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण १५, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौ । शिकागोको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् । केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन् ।

बेशियरले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धा तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताएका छन् । बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर गरेको छ । वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले छवटा काउन्टीमा आपत्काल घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस