अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र ९, बिहिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ९,काठमाडौँ । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश भएको छ ।

आफ्नो कार्यकालमा उनले विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी लिनु कानुनसम्मत रहेको भए पनि सरकारका सिद्धान्तलाई मौलिक रूपमा कमजोर बनाएको सार्वजनिक अध्ययन समितिले जनाएको छ ।

यसअघि मोरिसन प्रधानमन्त्री रहेका बेला विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी गोप्य रूपमा लिएको सार्वजनिक भएको थियो ।

लगत्तै प्रधानमन्त्री एन्थोनी अल्बानिजीले यसबारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आग्रह गरेको थिए ।

पूर्वप्रधानमन्त्री मोरिसनले कोरोना महामारीका बेला सन् २०२० मार्चमा स्वास्थ्य तथा अर्थ, अप्रिल २०२१ मा उद्योग, विज्ञान तथा स्रोत र मे २०२१ मा ट्रेजरी तथा गृह मन्त्रालयको जिम्मेवारी समेत आफूले लिएका थिए।

जिम्मेवारी लिए पनि कसैलाई जानकारी नदिइ गोप्य राखेको भन्दै उनको आलोचना भएको थियो । मोरिसनले आफूले कुनै पनि अधिकारको गलत प्रयोग नगरेको दोहोराएका बीबीसीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस