भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने, राष्ट्रपतिबाट मानार्थ महारथी पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ९, बिहिबार (२ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाण्डौ । भारतीय सेना प्रमुख मनोज पाण्डे भदौ १९ मा नेपाल आउने भएका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार सेना प्रमुख भएपछि पाण्डे पहिलो पटक नेपाल आउन लागेका हुन् ।

काठमाडौंमा पाण्डेले नेपाली सेनाका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी पनि प्रदान गर्नेछिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस