युक्रेनले स्वतन्त्रता दिवश मनाइरहेकै बेला रुसी आक्रमण, २२ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र १०, शुक्रबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । युक्रेनले स्वतन्त्रता दिवश मनाइरहेकै बेला रुसले रकेट आक्रमण गरेको छ । सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ । युक्रेनले बुधबार स्वतन्त्रता दिवश मनाएको छ । युक्रेनले स्वतन्त्रता दिवश मनाइरहँदा रुसी सेनाले रकेट आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ६ महिना पूरा भएको छ । बुधबार रुसको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधनभित्रै जलेर मृत्यु भएको बताइएको छ । आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए । सो आक्रमणमा परी ५० जना घाइते भएको उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस