पाकिस्तानमा बाढीबाट एक हजारभन्दा धेरैको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र १२, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद् १२, काठमाण्डौ । पाकिस्तानको आधाभन्दा धेरै भाग अहिले बाढीको चपेटामा परेको छ । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार बाढीको कारण अहिलेसम्म तीन सय बालबालिकासहित एक हजारभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी तथ्यांक उल्लेख गर्दै डान अखबारले तीन करोड ३० लाखभन्दा धेरै मानिस बाढीको कारण प्रभावित भएको उल्लेख गरेको छ । सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वाहमा बाढीको असर सबैभन्दा धेरै देखिएको छ। अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३३९ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस