भाद्र २०, काठमाण्डौ । रुसले युरोपको आफ्नो पाइपलाइनलाई पुनः सञ्चालन नगर्ने बताएपछि ग्यासको मूल्य आकासिएको छ । ग्यासको होलसेल मूल्य नै सोमबार ३० प्रतिशतले वृद्धि भएको छ ।
तीन दिनदेखि बन्द रहेको नोर्ड स्ट्रीम वान पाइपलाइन शनिबारदेखि खुल्नुपर्ने थियो । तर, रुसको राज्यद्वारा सञ्चालित कम्पनी गाजप्रोमले पाइपलाइनमा चुहावट भेटिएको जानकारी दिँदै त्यसलाई तत्काल खोल्न नसकिने बताएको छ ।