भाद्र २३, काठमाडौं । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुआनमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सोमबारको भूकम्प सिचुआन प्रान्तमा सन् २०१७ पछिको सबैभन्दा शक्तिशाली भूकम्प हो ।
भूकम्पमा परी २७० जना घाइते भएका थिए भने, ३५ जना बेपत्ता छन् । भूकम्पको केन्द्रबिन्दु लुडिङ जाने बाटोहरू प्राधिकरणले सुचारु गरेको छ । सहरमा बुधबार अबेर राति २.९ म्याग्निच्युडको पराकम्पन गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।