भारतको महाराष्ट्रमा बसमा आगो लाग्दा ११ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ आश्विन २२, शनिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाण्डौ । भारतको महाराष्ट्रमा आज शनिवार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य ३८ जना यात्रु घाइते भएका छन् ।

महाराष्ट्रको नासिक सहर र औरंगाबाद सडक खण्डअन्तर्गत नंदूरनाका क्षेत्रमा बसमा आगो लागेको भारतीय प्रहरीले पुष्टि गरेको छ । बसले ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घाइतेहरूको नासिक अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस