भारतीय कांग्रेस अध्यक्षको लागि आज चुनाव: ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ आश्विन ३१, सोमबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

आश्विन ३१,काठमाडौँ । भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ ।

कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर प्रतिस्पर्धामा छन् । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको छ । नेतृत्व चयनको लागि आज मतदान हुने र पर्सि मतगणना हुने बीबीसी हिन्दीले जनाएको छ । मतदानमा देशभरका ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

अध्यक्ष पदका दाबेदार खड्गे र थरुरले कांग्रेसको खस्किँदो अवस्थालाई सुधार गर्ने र आउँदो चुनावमा विजयी बनाएर देशको नेतृत्व गर्ने दाबी गरेका छन् । नेतृत्व छान्न २२ वर्षमा पहिलो पटक हुन लागेको चुनावलाई भारतसहित संसारभरका प्रजातान्त्रिक देशबाट निकै महत्त्वका साथ हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस