कार्तिक ४, काठमाण्डौ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिएकी छिन् । उनले नियुक्त भएकी ४५ दिनमा नै बिहीबार सो पदबाट राजीनामा दिए ।
उनले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन म्यान्डेटका साथ आफूलाई निर्वाचित गरेको थियो सो पूरा गर्न नसक्ने अवस्था रहेको बताए । । उनले वर्तमान स्थिति हेर्दा आफूले जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ सो पूरा गर्न नसकेको बताउनुभयो ।